दार्जिलिङ, 10 सेप्टेम्बर (हि.स.)। छिमेकी देश नेपालमा जेन जीले गरेको आन्दोलनले सत्ता पलट भएपछि अशान्त माहोललाई ध्यानमा राख्दै भारत नेपाल सीमानामा रहेको पशुपति नगरमा सुरक्षा व्यवस्था कठोर गरिएको छ। दार्जिलिङ बजारदेखि 29 किलोमिटर टाडामा रहेको भारत नेपाल सीमाना पशुपति नगरमा पश्चिम बंगाल पुलिस र एसएसबीले कडा सुरक्षा व्यवस्था गरेको जानकारी प्राप्त भएको छ।
बंगाल पुलिस र एसएसबीले नेपालसित जोडिएको सिमानामा कडा निगरानी गरिरहेको छ। सिमानामा लगातार चेकिङ जारी रहेको बताइएको छ। यद्यपि नेपाल भारत सिमानामा रहेको पशुपति नगर क्षेत्रमा माहोल शान्तिपूर्ण रहेको देखिएको छ।
हिन्दुस्थान समाचार / हनोक