प्रयागराजमा इन्टरको छात्रको धारिलो हतियारले हत्या
प्रयागराजमा इन्टरको छात्रको धारिलो हतियारले हत्या


प्रय़ागराज, 10 सेप्टेम्बर (हि.स.)। उप्रको प्रयागराज जिल्ला स्थित करछना थाना क्षेत्रमा लालाको पुरवा गाउँमा बुधवार 12औं कक्षाको एक छात्रको चक्कु घोपेर हत्या गरियो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जाम लिएर जाँच शुरू गरेको छ।

अपर पुलिस उपायुक्त यमुनानगर जंग बहादुर यादवले बताए, करछनाको लालाको पुरवा गाउँ स्थित इन्दिरा गान्धी स्मारक इन्टर कलेजको 12औंको छात्र अवनीश पाण्डेलाई केही मानिसहरूले स्कूलमा चक्कु घोपेर भागे। सूचना पाएर पुलिस घटनास्थलमा पुलिस टीमले घाइते छात्रलाई तत्काल उपचारको निम्ति स्वरूपरानी नेहरू चिकित्सालयमा भर्ती गरायो। जहाँ चिकित्सकहरूले छात्रलाई मृत घोषित गरे। पुलिस टीमले शवलाई पोस्टमार्टमको निम्ति पठाएको छ।

पुलिस टीमले मृत छात्रको परिवारबाट शिकायत लिएर मामिला दर्ता गरी जाँच शुरू गरेको छ। सोधपुछमा जानकारी पाइएको छ कि अवनीश पाण्डेयको साथ पढ़्ने छात्रहरूले उसको हत्या गरेका हुन्। घटनालाई परिणाम दिने संदिग्ध युवकहरूलाई खोज्न छापामारी गरिँदैछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande