सोनीपतः भ्रूण हत्यालाई रोक्नका लागि आशा वर्कर्सद्वारा जागरूकता अभियान
सोनीपतः भ्रूण हत्यालाई रोक्नका लागि आशा वर्कर्सद्वारा जागरूकता अभियान


सोनीपत, 11 सेप्टेम्बर (हि.स.)। सोनीपतमा सीटूका वरिष्ठ नेता आनन्द शर्माले बिहीवार भने, आशा वर्कर्स यूनियन हरियाणाले

भ्रूण हत्याविरूद्ध राज्यभरि नै जागरूकता अभियान संचालन गरिरहेको छ। अभियानको निम्ति एक हुल पलवलबाट त अर्को हुल सिरसाबाट हिँड़ेको छ। यो दलले गाउँ-गाउँ एवं शहर-शहरमा पुगेर मानिसहरूलाई भ्रूण हत्या रोक्ने सन्देश दिरहेको छ।

उनले बताए, पलवलदेखि हिँड़ेको दल आगामी 17 सेप्टेम्बरमा झज्जर तिरबाट सोनीपत आइपुग्नेछ। त्यस दिन यो दलले भटगाउँ, फरमाणा, खरखौदा र झरोठमा सभाहरू आयोजना गर्नेछ भने, 18 सेप्टेम्बरमा जाखौली, गढ़ शाहजहाँपुर, चटाना र जूआँमा तथा 19 सेप्टेम्बरमा भैंसवाल कलाँ र आवली क्षेत्रमा अभियान चलाइनेछ। यसको लागि विभिन्न गाउँहरूमा तयारी बैठकहरू सम्पन्न भइरहेका छन्।

आनन्द शर्माले भने, भ्रूण हत्यालाई रोक्नु हरेक नागरिकको जिम्मेवारी हो। छोराहरूको संख्या बढ़्नाले अनि छोरीहरूको संख्या घट्नाले समाजमा असन्तुलन उत्पन्न भइरहेको छ जसले गर्दा अपराध पनि बढ़िरहेको छ। यदि छोरीहरूलाई गर्भमै मारियो भने छोरी बचाऔं, छोरी पढ़ाऔं अभियान कसरी सफल हुनेछ। छोरीहरूलाई पनि जिउने तथा पढ़्ने अधिकार छ।छोरा-छोरीमाझको भेदभावलाई निर्मूल पार्नुपर्छ। तब मात्र समाजमा सन्तुलन अनि समानता स्थापना हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande