कोलकाता, 11 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले बिहीवार विधानसभा अध्यक्ष विमान बन्द्योपाध्यायविरूद्ध कलकत्ता उच्च अदालतमा अवमानना याचिका दर्ता गरेका छन्। भारतीय जनता पार्टी (भाजपा)-का विधायकले आरोप लगाएका छन्, अध्यक्षले मुख्यमन्त्री ममता ब्यानर्जीलाई व्यक्तिगत अंगरक्षकहरूको साथमा विधानसभामा प्रवेश गर्ने अऩुुमति दिएर अदालतको आदेशको उल्लंघन गरेका छन्।
याचिकामा भनिएको छ, न्यायमूर्ति अमृता सिन्हाको एकल पीठले हालैमा आदेश दिएको थियो कि कुनै पनि विधायकले व्यक्तिगत सुरक्षा गार्डलाई लिएर विधानसभा परिसरमा प्रवेश गर्न सक्ने छैनन्। तर अध्यक्षले पछि यो स्पष्ट पारे, यो नियम सबै विधायकहरूमाथि लागू हुनेछ, तर मुख्यमन्त्रीलाई यसबाट छुट दिइनेछ।
अधिकारीको तर्क छ, सबै विधायकहरूको दर्जा समान हुन्छ र कुनै पनि सदस्य यहाँसम्म कि मुख्यमन्त्रीलाई पनि नियमहरूदेखि छुट दिइनु हुँदैन। उनको भनाइ छ, अध्यक्षको निर्णय अदालतको आदेशको अवहेलना हो।
न्यायमूर्ति सिन्हाले अधिकारीलाई याचिका दर्ता गर्ने अनुमति दिएकी छन् भने यस याचिकामाथि आगामी हप्ता सुनवाई हुने सम्भावना छ। विपक्षद्वारा अदालतसित यो अपील गरिएको छ, विधानसभा प्राधिकरणलाई सीसीटीभी फुटेज सुरक्षित राख्ने निर्देश दिइयोस् ताकि कार्यवाही अवधि त्यसलाई प्रमाणको रूपमा पेश गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा