सिलगढ़ी, 11 सेप्टेम्बर (हि.स)। छिमेकी राष्ट्र नेपालको अस्थिर स्थितिलाई मध्यनजर गर्दै त्यहाँबाट फर्किरहेका मानिसहरूको सहयोगको लागि दार्जीलिङ जिल्ला पुलिसले नयाँ पहल शुरू गरेको छ। नेपालमा छाएको अशान्तिपछि केही भारतीयहरू फर्किरहेका छन् जसमा अधिकांश कामगारहरू छन् जो कमाउनको लागि नेपाल गएका थिए। यस्तो स्थितिमा मानिसहरूलाई सहयोग पुऱ्याउनको लागि दार्जीलिङ जिल्ला पुलिसको तर्फबाट नेपाल-भारत सीमाना पानीट्याङ्कीमा एउटा सहायता केन्द्र खोलिएको छ।
उक्त सहायता केन्द्र मार्फत पुलिस अधीक्षक प्रवीण प्रकाश लगायत अन्य पुलिसकर्मीहरूले मद्दतको हात बढ़ाइरहेका छन्। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा पुलिसले एक हेल्पलाइन नम्बर पनि शुरू गरेको छ जहाँ नेपालमा फसेका भारतीयहरूले सम्पर्क गरिरहेका छन्। यस अतिरिक्त सशस्त्र सीमा बल (एसएसबी)-ले नेपालका नागरिकहरूमाथि नजर राखिरहेको छ ताकि यो सुनिश्चित गर्न सकियोस् कि उनीहरू भारतमा प्रवेश गर्न नसकुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा