दन्तेवाड़ामा आईईडी विस्फोट, सीआरपीएफका दुई जना घाइते
दन्तेवाड़ामा आईईडी विस्फोट, सीआरपीएफका दुई जना घाइते


दन्तेवाड़ा, 11 सेप्टेम्बर (हि.स.)। छत्तीसगढ़को नक्सल प्रभावित दन्तेवाड़ा जिल्लाको मालेवाही थाना क्षेत्रमा सीआरपीएफको 195औं वाहिनीका जवानहरू मुख्यालयदेखि सातधर एव मालेवाही तर्फ प्रस्थान भएका थिए। यस अभियान अवधि बिहीवार लगभग 11 बजे सातधार पुलदेखि केही पर नक्सलीहरूद्वारा राखिएको प्रेशर आईईडी विस्फोटमा परी सीआरपीएफका दुईजना जवानहरू क्रमैले निरी. दीवान सिंह गुर्जर र आरक्षक आलम मुनेश घाइते भए।

दन्तेवाड़ा एसपी गौरव रायलले घटनाको पुष्टि गर्दै बताएका छन्, प्राथमिक उपचार पश्चात घाइतेहरूलाई घटनास्थलबाट सुरक्षित निकालेर बाहिर चिकित्सा सुविधा उपलब्ध गराउन उच्चतर चिकित्सा केन्द्र तर्फ प्रस्थान गराइएको छ। घाइते जवानहरूको स्थिति सामान्य छ। उनीहरू खतरादेखि बाहिर छन्।क्षेत्रमा खोजी अभियान जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande