कोलकाता, 11 सेप्टेम्बर (हि.स.)। कोलकाता मेट्रोको सबैभन्दा पुरानो ब्लू लाइनमा दिनहुँ समस्याहरूको कारणले यात्रीहरूलाई कठिनाईहरूको सामना गर्न परिरहेको छ। बिहीवार पनि यस्तै स्थिति रह्यो। मेट्रोद्वारा बताइयो, कवि सुभाष स्टेशनमा पोइन्टको समस्या भएको कारणले ट्रेनलाई घुमाउन समस्या भयो। तथापि महानायक उत्तम कुमारदेखि दक्षिणेश्वरसम्म सेवा जारी छ। अपरान्ह 12:21–22 बजे यो समस्या भएपछि लगभग 12:50 बजे सेवा सामान्य भयो।
ब्लू लाइन मेट्रोको अन्तिम स्टेशन कवि सुभाष हाल बन्द छ। अहिलेघरि दक्षिणेश्वर, नोआपाड़ा र दमदमदेखि शहीद खुदीरामसम्म मात्र ट्रेन चलिरहेको छ। तर दिनहुँ नै यात्रीहरूलाई विविध समस्याहरू झेल्न परिरहेको छ।
यात्रीहरूको भनाइ छ, मेट्रोको नेटवर्क व्यापक भए पनि सबैभन्दा पुरानो ब्लू लाइनको सेवा लगातार प्रश्नहरूले घेरिँदै जाँदैछ। दमदमदेखि एस्प्लेण्डरमा उत्रेर ग्रीन लाइनमा मेट्रोमा सवार भई सियालदह वा हावड़ा जाने मानिसहरूको संख्या बढ़्नाले भीड़को दबाव अझ बढ़ेको छ। फलस्वरूप ट्रेनमा चढ़्नै गाह्रो भइरहेको छ भने त्यैमाथि ट्रेन दिनहुँ ढिलो चलिरहेको छ।
मेट्रो रेल मेन्स यूनियनका महासचिव सुजीत कुमार घोषले भने, “यो सही हो कि हामीसित विभिन्न प्रकारका समस्याहरू छन्। तथापि हाम्रा कर्मचारीहरूले सीमित संसाधनहरूमा पनि दिन-रात मिहेनत गरेर सेवालाई सामान्य राख्ने चेष्टा गरिरहेका छन्। आशा छ, आगामी दिन चाड़-पर्वको बेलामा पनि यात्रीहरूलाई सुचारू सेवा प्राप्त हुनेछ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा