कोलकाता, 11 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालको पश्चिम मिदनापुर जिल्लाको डेबरा विधानसभा सीटबाट तृणमूल कंग्रेस विधायक औ पूर्व आईपीएस हुमायुँ कबीर फेरि एकपटक विवादहरूमा घेरिएका छन्। यसपालि मामिला उनको सोशल मीडिया पोस्टसित जोड़िएको छ जसमा उनले अप्रत्यक्ष रूपमा नेपाल जस्तै भारतमा पनि जनविद्रोहको आवश्यकता रहेको बताएका थिए।
कबीरले आफ्नो पोस्टमा नेपालको नाम उल्लेख नगरी लेखेका थिए, भारतमा कहिले यस्तो स्वतःस्फूर्त आन्दोलन हुन्छ जसमा तानाशाहहरूको अन्त हुनेछ र भ्रष्टाचारा उजागार हुनेछ। पोस्टमा उनले प्रश्न उठाए, “हाम्रो देशका तानाशाहहरूसित त्यस्तै कहिले हुनेछ? भ्रष्टाचारको अनुहारबाट कहिले मुखौटो हट्नेछ? के तपाईहरू पनि म जस्तै सपना देख्नुहुन्छ?”
उनको उपरोक्त टिप्पणी प्रकाशमा आउनसाथ विवाद उत्पन्न भयो। केही राजनीतिक जगतबाट चर्को प्रतिक्रिया सहित प्रश्न उठेको छ, एकजना जनप्रतिनिधिले यस किसिमको बयान कसी दिन सक्छ? अर्कोतिर तृणमूल कग्रेसभित्र पनि संकेत पाइयो कि उनको पोस्ट पार्टी लाइनको विपरीत छ, किनभने मुख्यमन्त्री ममता ब्यनर्जीले नेपाल संकटमाथि अहिलेसम्म कुनै टिप्पणी गरेकी छैनन् र यसलाई केन्द्र सरकारको विषय बताइरहेकी छन्।
विवाद बढ़्न थालेपछि कबीरले सोही पोस्टको कमेन्ट सेक्शनमा स्पष्टिकरण दिए, भारतमा परिवर्तन आवश्यक छ, तर त्यो हिंसा होइन शान्तिपूर्वक र अहिंसक ढंगमा हुनुपर्छ। उनले स्पष्ट पारे, उनको बयान कुनै विशेष राजनीतिक दलकोविरोधमा थिएन। कबीरले लेखे, “म शान्तिप्रिय मानिस हुँ र सदैव कानूनलाई पालन गर्नेछु। देशमा पनि परिवर्तन आवश्यक छ जुन मौन र अहिंसक आन्दोलनबाट आउनुपर्छ। यसबाट भ्रष्टाचार, भाइ-भतिजावाद एवं सामाजिक विभाजन समाप्त हुनेछ र इमानदार, शिक्षित मानिसहरू अगाड़ि आउनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा