धन आर्जनको आरोपमा पक्राउ स्वयंम्भु संगठनका दुई नेतालाई जेलमा थुनियो
धन आर्जनको आरोपमा पक्राउ स्वयंम्भु संगठनका दुई नेतालाई जेलमा थुनियो


गुवाहाटी, 11 सेप्टेम्बर (हि.स.)। धन आर्जनको आरोपमा राजधानीको जौराबाट पुलिसले अभियान संचालन गरी स्वयंम्भु संगठनका दुईजना नेताहरूलाई पक्राउ गरी न्यायालयमा पेश गऱ्यो जहाँबाट उनीहरूलाई जेलमा पठाइयो।

आरोपीद्वय महाबीर लचित सेना नामक संगठनका स्वयम्भु अध्यक्ष र सचिव हुन्। दुवैको पहिचान परवेज आलम उपनाम टार्जन असम र अनिल हजारिकाको रूपमा गरिएको छ। जोराबाटको 12 मािल क्षेत्रमा संगठनको नाममा दुवैले कार्यालय स्थापना गरी कदाचार गरिरहेका थिए।

जानकारी अनुसार जोराबाटको 15 माइल निवासी एकजना व्यापारी अंकित शर्माले हाथीगाउँका टीभी मेक्यानिक अजगर अलीलाई टीभी मरम्मत गर्न दिएका थिए, तर उसले टीभी बनाउन सकेन। त्यसपछि कठित रूपमा संगठनका दुईजना नेताहरूले अंकितलाई डर एवं धम्काएर धनको माग गरे। पहिला 5 लाख रुपियाँको माग गरिएको थियो, तर अन्तमा व्यापारीले 2 लाख रुपियाँ दिए। यस सम्पूर्ण घटनाक्रमलाई दुवै नेताहरूले आफ्नो मबोाइलमा रेकर्ड गरे। त्यसपछि 15 माइलका व्यापारी अंकित शर्माले यस मामिलामा जोराबाट पुलिस चौकीमा सिकायत दर्ता गराए। सिकायतको आधारमा पुलिसले अभियान संचालन गरी संगठनका दुवै कथित नेताहरूलाई पक्राउ गऱ्यो। पुलिसले संगठनको कार्यालयलाई सील गर्नको साथै मोबाइल र अन्य दस्तावेजहरूलाई पनि जफत गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande