दिल्लीमा भविष्य़ निधि आय़ुक्त डेढ़ लाखको घूस लिँदै गरेको पक्राउ
सीबीआई


नयाँ दिल्ली, 11 सेप्टेम्बर (हि.स.)। केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले कर्मचारी भविष्य निधि संगठन (ईपीएफओ), दिल्ली (पश्चिम) का क्षेत्रीय भविष्य निधि आयुक्त जगदीश ताम्बेलाई 1.5 लाख रुपियाँको घूस लिँदै गरेको रेड ह्याण्डेड पक्राउ गऱ्यो। यो कारबाही एक शिकायतको आधारमा गरियो, जसमा आरोप थियो कि ताम्बेले शिकायतकर्ता विरूद्ध आरडीए (क्षतिपूर्ति कारबाही) लाई निष्पादनको निम्ति घूसको माग गरेका थिए।

सीबीआई अनुसार, 09 सेप्टेम्बरमा जगदीश ताम्बे विरूद्ध मामिला दर्ता गरियो। शिकायतकर्ताले आरोप लगाए कि ताम्बेले आरडीए कारबाहीलाई पक्षमा गर्नका लागि 3 लाख रूपियाँको घूसको माग गरेका थिए। बातचितपछि उनले 1.5 लाख रूपियाँ घूस स्वीकार गर्नमा सहमति व्यक्त गरे।

शिकायत पाइएपछि सीबीआईले 10 सेप्टेम्बरमा आऱोपीलाई रेड ह्याण्डेड पक्राउ गर्न जाल फिजायो र उनलाई शिकायतकर्ताबाट 1.5 लाख रूपियाँको घूस लिँदै गरेको रेड ह्याण्डेड पक्राउ गऱ्यो। मामिलामा अग्रिम कारबाही जारी छ। सीबीआई अधिकारीहरूको भनाई छ, छिट्टै नै आरोपीलाई न्यायालयमा पेश गरिनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande