नेपालको रसुआ जेल ब्रेकपछि कुख्यात अण्डरवर्ल्ड डन उदय सेट्ठी भागे
नेपालको रसुआ जेल ब्रेकपछि कुख्यात अण्डरवर्ल्ड डन उदय सेट्ठी भागे


पूर्वी चम्पारण, 11 सेप्टेम्बर (हि.स.)। नेपालमा भएको जेन-जी आन्दोलन अवधि धेरैवटा जेल ब्रेकका घटनाहरू भएका छन् जसपश्चात जेलमा थुनिएका बन्दीहरू ठूलो संख्यामा भागेका छन्। यी बन्दीहरूमा केही कुख्यात अण्डरवर्ल्ड डन, ड्रग्स एवं स्वर्ण तस्कर पनि सामेल छन्।

जेलबाट बन्दीहरू भागेको सूचना पाएपछि भारत-नेपाल सीमामा सुरक्षालाई कड़ा बनाइएको छ। यसबीच यो जानकारी प्राप्त भएको छ, गए बुधवार नेपालको रसुवा जेल ब्रेक पश्चात कुख्यात अण्डरवर्ल्ड डन उदय सेट्ठी भागे। अपहरण तथा रंगदारीको मामिलामा दोषी पाइएपछि नेपालको अदालतले उदयलाई 32 वर्षको सजाय सुनाएको थियो।

नेपालका पत्रकार कुमार अखिलले बताए, मूलतः मुम्बई निवासी उदयले वर्ष 2010-सम्म नेपालमा अपहरणको ठूलो नेटवर्कलाई संचालन गर्दै आएको थियो। उसले नेपालमा बसेर आफ्ना साथीहरू क्रमैले अमर टण्डन, प्रह्लाद महन्त, विष्णु जिसी, बुढाथोकी, विकास कार्की, सोल्टी उपनाम टासी गुरुङ, विनोद कार्की औ अनिल गुरूङको माध्यमबाट अपहरण तथा असुली जस्तो गतिविधि गराउँथ्यो। ड्रग्स प्याडरहरूसित पनि उसको सम्बन्ध थियो। नेपाल पुलिसले उसलाई वर्ष 2010-मा पक्राउ गरेको थियो।

जेल ब्रेकपछि कुख्यात अपराधी उदय सेट्ठी भारत तर्फ आउनसक्छ। किनभने उसका धेरैजना साथीहरू नेपालमा अपराध गरेपछि भारतमै बस्दै आइरहेका छन् जसमा अमर टण्डन नामक साथी पनि सामेल छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande