अनर किलिंगविरूद्ध एउटा भिन्नै कानून बनाउनुपर्छः वृन्दा करात
अनर किलिंगविरूद्ध एउटा भिन्नै कानून बनाउनुपर्छः वृन्दा करात


थूथुकुडी, 11 सेप्टेम्बर (हि.स.)। भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)- की नेता वृन्दा करातले तमिलनाडुमा एमके स्टालिन नेतृत्वाधिन द्रविड़ मुनेत्र कड़गम (डीएमके) सरकारसित 'अनर किलिंग' विरूद्ध कड़ा प्रावधान रहेको कानून बनाउने आग्रह गरिन्। उनले भनिन्, तमिलनाडु सरकारले अनर किलिंगविरूद्ध एउटा भिन्नै कानून बनाएर सबै राज्यको लागि एउटा उदाहरण पेश गर्नुपर्छ।

थूथुकुडी जिल्लाको अरुमुगमंगलम निवासी 27 वर्षीय आईटी कर्मचारी कविन सेल्वागणेशको गत 27 जुलाईमा तिरुनेलवेलीको केटीसी नगरमा हत्या भएको थियो। यस मामिलामाकेटीसी नगरका सुरजीत नामक एकजना युवकलाई पक्राउ गरिएको थियो। त्यसपछि सुरजीतका पितालाई पनि पक्राउ गरी पलायमकोट्टई सेन्ट्रल जेलमा राखियो। पछि सुरजीतका आफन्त जयपालनलाई पनि पक्राउ गरियो।

सीपीआई (एम) नेता करात औ पार्टीका राज्य सचिव षणमुगमले बिहीवार मृतकका माता-पितासित भेट गरी आफ्नो सम्वेदना व्यक्त गरे। पछि वृन्दा करातले पत्रकारहरूसित बातचित गर्दै भनिन्, हत्याको मामिलामा शीघ्र जाँच हुनुपर्छ र दोषीहरूलाई उचित दण्ड दिनुपर्छ। तमिलनाडु सरकारले अनर ​​किलिंगविरुद्ध एक अलग कानून बनाउनुपर्छ र सबै राज्यहरूको लागि एउटा उदाहरण पेश गर्नुपर्छ। यसलाई राष्ट्रिय स्तरमा लागू गरिनुपर्छ।

पार्टीका राज्य सचिव षणमुगमले भने, कविन हत्याकाण्डका दोषीहरूलाई तुरून्त सजाय दिइनुपर्छ। कविनका पिताले पहिला नै मुख्यमन्त्रीसित भेट गरी अनुरोध गरिसकेका छन् कि कविनको भाइलाई सरकारी नोकरी दिइयोस्। तमिलनाडु सरकारले त्यस अनुरोधलाई चाँड़ै पूरा गर्नुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande