वाराणसी, 11 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको धार्मिक र सांस्कृतिक राजधानी वाराणसीमा बिहिवार कड़ा सुरक्षा व्यवस्थाबीच भारत र मोरीशसबीच द्विपक्षीय वार्ता शुरू भएको छ। वार्ताको शुरूआत अगाड़ी प्रधानमन्त्री नरेन्द्र मोदीले डा. रामगुलामको सौहार्दपूर्ण स्वागत गरे। दुवै नेताबीच सकारात्मक र सौहार्दपूर्ण वातावरणमा वार्ता शुरू भयो।
नदेसर स्थित तारांकित होटल ताजमा आयोजित यस उच्चस्तरीय बैठक शुरू हुन अगाड़ी प्रधानमन्त्री नरेन्द्र मोदीले मरीशसका प्रधानमन्त्री डा. नवीनचन्द्र रामगुलामको सौहार्दपूर्ण स्वागत गरे। दुवै नेताबीच सकारात्मक र सौहार्दपूर्ण वातावरणमा बातचित भयो। यस वार्तामा आर्थिक सहयोग, पर्यटन र रणनीतिक साझेदारी सहित अनेक अहम मुद्दाहरूमाथि व्यापक छलफल भयो।
बैठकमा दुवै प्रधानमन्त्रीले द्विपक्षीय सहयोगका सबै पहलुहरूको समीक्षा गरे। खासगरी विकासात्मक साझेदारी, क्षमता निर्माण, स्वास्थ्य, शिक्षा, विज्ञान एवं प्रौद्योगिकी, ऊर्जा, बुनियादी ढांचा, नवीकरणीय ऊर्जा, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र नीलो अर्थव्यवस्था जस्ता उदियमान क्षेत्रहरूमा सहयोगलाई विस्तार दिनमाथि विमर्श भयो।
वस्तुतः हिन्द महासागर क्षेत्रमा मरीशस भारतको एक प्रमुख समुद्री छिमेकी र रणनीतिक भागीदार हो। भारतको ‘सागर’ (क्षेत्रहरूमा सुरक्षा एवं विकासको निम्ति पारस्परिक र समग्र सहयोग) दृष्टिकोण र ‘नेबर फर्स्ट’ नीतिमा मरीशसको भूमिका निक्कै अहम छ।
विशेषज्ञहरूको भनाई छ, दुवै देशबीच बढ्दो सहयोग न केवल आपसी विकासको निम्ति तर ग्लोबल साउथको साझा आकांक्षाहरूलाई पनि बल प्रदान गर्नेछ। यसअघि मार्च 2025 मा प्रधानमन्त्री मोदीको मरीशस यात्रापछि यो दौड़ाह द्विपक्षीय सम्बन्धहरूलाई नयाँ शिखरहरूमा लैजाने दिशामा एक महत्वपूर्ण कदम मानिन्दैछ।
काशीको यो शिखर सम्मेलन पारस्परिक समृद्धि, सतत विकास र सुरक्षित एवं समावेशी भविष्यको दिशामा भारत र मरीशसको साझा यात्रामा एक महत्वपूर्ण उपलब्धी प्रमाणित हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी