कूचबिहार, 12 सेप्टेम्बर (हि.स.)। दिनहाटा-2 प्रखण्डको चौधरीहाटको जागीर बालाबाड़ी सीमामा एक टेनिस बलभित्रबाट लाखौं रूपियाँको सुनको बिस्किट जफत गरिएको छ। सीमा सुरक्षा बल (बीएसएफ) 138औं बटालियनको कारबाहीमा
364.750 ग्राम सुन जफत गरिएको छ। जसको बजार मूल्य लगभग 40 लाख 97 हजार 347 रूपियाँ छ। सीमा प्रहरीले यी बिस्किटहरूलाई तस्करीको निम्ति कहाँ लगिँदैथियो, यसको जाँच गरिरहेको छ।
उल्लेख्य, यस अगाड़ी 30 अगस्तमा बीएसएफ 138औं बटालियनले चौधरीहाटको झिकरी सीमा क्षेत्रमा 21 टेनिस बलभित्र 43 सुनका बिस्किट जफत गरेको थियो। एक पल्ट फेरि सीमाबाट सुनका बिस्किट जफत हुँदा कोकोहोलो मच्चिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी