आग्नेयास्त्रको साथ अपराधी पक्राउ
आग्नेयास्त्रको साथ अपराधी पक्राउ


सिलगढ़ी, 12 सेप्टेम्बर (हि.स.)। भक्तिनगर थाना पुलिसले एक व्यक्तिलाई आग्नेयास्त्र र दुई जिउँदो कारतूसको साथ पक्राउ गरेको छ। पक्रा परेको आरोपीको नाम सौविक कुन्डू सिलगढ़ी नगर निगमको वार्ड नम्बर 41 को बैकुण्ठपल्ली क्षेत्र निवासी बताइएको छ।

पुलिस सूत्रहरू अनुसार, पक्रा परेको आरोपी सौविक नामजद अपराधी हो। उमाथि असामाजिक गतिविधिहरूमा सामेल रहेको आरोप पनि छ। भक्तिनगर थाना पुलिसले गुप्त सूचना पाएपछि बिहिवार अबेर राति आरोपीलाई पक्राउ गऱ्यो। जब उसको तलाशी लियो, उदेखि एक आग्नेयास्त्र र दुई जिउँदो कारतूस जफत गरियो। जसपछि आरोपीलाई पक्राउ गरियो। भक्तिनगर थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande