हाथरस, 12 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशमा हाथरस जिल्लाको सादाबाद थाना क्षेत्रमा बिहिवार अबेर राति एक टेम्पो चालकको शव भेटिएको छ। जाँचमा चालकको गोली दागेर हत्या गरिएको पाइयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई पोस्टमार्टमको निम्ति पठाएर जाँच गरिरहेको छ।
सीओ सादाबाद अमित पाठकले शुक्रवार बताए, आगरा अलीगढ़ मार्गमा गाउँ गुरसौठी निकट बिहिवार राति डेढ़ बजी टेम्पो चालकको शव भेटिएको छ। पुलिसले मृतकको पहिचान टेढ़ी बगिया आगरा निवासी सलीम (45) को रूपमा गरेको छ। उसले टेढ़ी बगियादेखि सादाबादसम्म टेम्पेल चलाउँथ्यो।
परिजनहरूले आरोप लगाए, अज्ञात बदमाशहरूले गोली दागेर सलीमको हत्या गरेका छन्। पुलिसले घटनास्थलको जाँच गर्दा हत्या अन्य कुनै ठाउँमा गरियो र शवलाई यहाँ ल्याएर फ्याकिएको प्रतीत हुन्छ। घटनास्थलमा मृतकको टेम्पो पनि खड़ा पाइएको छ। पुलिसले शवलाई पोस्टमार्टमको निम्ति पठाएर मामिलाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी