संदिग्ध परिस्थितिमा महिलाको मृत्यु, माइता पक्षले लगायो हत्याको आरोप
संदिग्ध परिस्थितिमा महिलाको मृत्यु, माइता पक्षले लगायो हत्याको आरोप


हाथरस, 12 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशमा हाथरस जिल्लाको चंदपा कोतवाली क्षेत्रमा शुक्रवार एक महिलाको संगिद्ध परिस्थितिमा मृत्यु भयो। माइता पक्षले ससुराली पक्षमाथि हत्याको आरोप लगाएको छ। पुलिसले शवलाई पोस्टमार्टमको निम्ति पठाएर मामिलाको जाँच शुरू गरेको छ।

थाना प्रभारी मनोज कुमारले बताए, गाउँ नगला बिहारी निवासी सौरभकी पत्नी आरती (32) सित केही मनमुटाउ चलिरहेको थियो। यसैले गर्दा गत केही दिनदेखि आगरामा बसिरहेकी थिइ। बिहिवार सौरभले आरतीलाई सम्झाई-बुझाई आफ्नो घर लिएर आएको थियो। शुक्रवार बिहान उसको शव फांसीको फन्दामा झुण्डेको पाइयो। घटनाको जानकारी भएपछि माइता पक्षबाट पिता राजवीर र अन्य पनि ससुराली पुगे। माइता पक्षले ससुरालीमाथि छोरीको हत्या गरेको आऱोप लगाएको छ।

थाना प्रभारील भने, आतरीको बिहे भएको 10 वर्ष भएको थियो। माइता पक्षले जुन आरोप लगाएको छ, त्यसको आधारमा अघिको कारबाही गरिँदैछ। आरतीको एउटी छोरी छे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande