
गान्तोक, 13 सेप्टेम्बर (हि.स.)। सिटिजन एक्शन पार्टी (सीएपी) सिक्किमले मेघालयका पूर्व मुख्यमन्त्री डीडी लपाङको
निधनमा गहिरो शोक व्यक्त गरेको छ। उनको निधनले विनम्रता, समर्पण र जनकल्याणप्रति गहिरो प्रतिबद्धताद्वारा चिनिएको एक युगको अन्त्य भएको सीएपीले बताएको छ।
सीएपीले आज जारी शोक सन्देशमा भनेको छ, लपाङको प्रेरणादायी राजनीतिक यात्रा दृढ संकल्प र निष्ठाको एक अमूल्य उदाहरण हो। सामान्य परिवेशबाट उठेर उहाँले आफ्नो सम्पूर्ण जीवन मेघालय र सम्पूर्ण उत्तर–पूर्वी क्षेत्रको सेवामा समर्पित गरे। उहाँको मुख्यमन्त्री पदसम्मको यात्रा केवल व्यक्तिगत सफलता मात्र नभई मेघालयको लोकतान्त्रिक तथा राजनीतिक इतिहासमा एउटा महत्वपूर्ण उपलब्धि थियो। उहाँको दूरदर्शी नेतृत्वले सुशासन, क्षेत्रीय एकता र सामाजिक सशक्तिकरणमा स्थायी प्रभाव पार्यो।
सीएपीले भनेको छ, राजनीतिक क्षेत्रबाहेक पनि स्वर्गीय लिपाङलाई समाज विकासका लागि एक नैतिक आवाज र अडिग पक्षधर थिए। जनताको सेवाप्रति उहाँको समर्पण, सरल जीवनशैली र सिद्धान्तमा आधारित नेतृत्वशैलीले उहाँलाई सबै दल र पुस्तामाझ आदरणीय बनायो।
सीएपीले शोकसन्तप्त परिवार, शुभचिन्तक तथा मेघालयवासीहरूसँग गहिरो सहानुभूति प्रकट गर्दै स्वर्गीय लापाङको आत्माको चिरशान्तिको कामना गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल