कूचबिहार, 13 सेप्टेम्बर (हि.स.)। प्रेम जालमा फसेर जलपाइगढ़ी जिल्लाकी युवती बांग्लादेश पुगेकी थिइ। तर त्यहाँ पुग्दा प्रेमीले उलाई अपनाउन अस्वीकार गऱ्यो। यसपछि युवती त्यहाँ फसिन्। अन्ततः शनिवार बांग्लादेश बर्डर गार्ड (बीजीबी) र सीमा सुरक्षा बल (बीएसएफ) को मद्दतले चेंगराबांधा अन्तरराष्ट्रिय इमीग्रेशनको माध्यमले उ भारत फर्किन्।
पारिवारिक सूत्रहरू अनुसार, सोशल मीडियाको माध्यमले युवतीको बांग्लादेशको लालमोनिरहट जिल्लाको पटग्राम निवासी एक युवकसित भेट भएको थियो। पछि दुवैबीच प्रेम सम्बन्ध बन्यो। युवती त्यसपछि 06 सेप्टेम्बरमा कलेज जाने बहाना गरेर घरबाट निस्की र हराइन्। यद्यपि, घरमा राखेको उसको मोबाइलको तलाशी लिँदा परिवारहरूलाई बांग्लादेशी युवकको साथ उसको सम्बन्धबारे थाहा लाग्यो। फोनबाट परिवारले बांग्लादेशमा उक्त युवकको नम्बर भेटायो। जसपछि परिवारले उसित सम्पर्क गऱ्यो। पछि थाहा लाग्यो, युवती बांग्लादेशी पुगिसकेकी छे।
पछि परिवारलाई थाहा लाग्यो कि युवकले उनकी छोरीलाई राख्न अस्वीकार गरेको छ। यसपछि मयनागढ़ी पुलिस स्टेशनमा युवती हराएको लिखित शिकायत दर्ता गराइयो। युवतीको परिवारको भनाई छ, यदि दुवै देशको प्रशासनले मद्दत नगरेको भए यति छिटो युवती फेला पर्थिनन्।
चेंगराबांधा अन्तरराष्ट्रिय इमीग्रेशन चेक पोस्टमा बीजीबी अधिकारीहरू बाहेक बीएसएफ 98औं बटालियनको कम्पनी कमान्डर सुरेश सिंह गुर्जर र इमीग्रेशन अधिकारीको उपस्थितिमा युवतीलाई मयनागुड़ी थाना पुलिस अधिकारीलाई सुम्पियो।
हिन्दुस्थान समाचार / भवानी थामी