पूजा पण्डालहरूमा “बुक स्टल” राखेर जनतासित जोड़िने तयारीमा बंगाल भाजपा
पूजा पण्डालहरूमा “बुक स्टल” राखेर जनतासित जोड़िने तयारीमा बंगाल भाजपा


कोलकाता, 14 सेप्टेम्बर (हि.स.)। दुर्गा पूजा अवधि जनसम्पर्क बढ़ाउनको लागि बंगाल भाजपाले यसपालि नयाँ रणनीति अप्नाइरहेको छ। सूत्र अनुसार पार्टीले पूजा पण्डालहरूमा “बुक स्टल” राखेर आम मानिसहरूसित जोड़िने योजना बनाइरहेको छ।

गए शनिवार राती आयोजित एक महत्वपूर्ण बैठकमा पार्टीका पश्चिम बंगाल प्रभारी सुनिल बन्सल, प्रदेश अध्यक्ष समिक भट्टचार्य, केन्द्रिय मन्त्री सुकान्त मजुमदार सहित केही वरिष्ठ नेताहरू उपस्थित थिए। शीर्ष नेतृत्वले स्पष्ट सन्देश दिए, दुर्गा पूजा अवधि बुक स्टललाई नै जनतासम्म पुग्ने ठूलो हतियार बनाइनेछ जसको लागि संगठनले बूथ स्तरमा कड़ा परिश्रम गर्नुपर्नेछ।

भाजपा सूत्र अनुसार अधिक भीड़ रहने क्षेत्रमा तथा विराट पूजा प्रागंणहरूलाई चयन गरी त्यहाँ स्टल राखिनेछ। यी स्टलहरूमा “भोकल फर लोकल”- को सन्देश दिइनेछ भने यसलाई पूर्ण स्वदेशी स्वरूपमा पेश गरिनेछ। साथै पूजा पण्डालहरूमा आउने श्रद्धालु अनि दर्शकहरूलाई हरसम्भव सहयोग गर्नेमाथि बल दिइयो ताकि जनताबीच पार्टीको “सदैव साथमा रहने” छवि अझ सशक्त होस्।

महालया पश्चात अर्थात पूजा शुरू हुनसाथ शहरदेखि गाउँसम्म भाजपाको यो जनसम्पर्क अभियान शुरू हुनेछ। शनिवारको बैठकमा सुनिल बन्सलले स्पष्ट निर्देश दिए, यस कार्यक्रमलाई बूथ स्तरसम्म पुऱ्याउनुपर्छ। यसको साथै विधानसभागत तथा मण्डलस्तरमा “विजया सम्मेलन” आयोजना गर्नेमाथि पनि बल दिन भनिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

 rajesh pande