वाराणसी, 14 सेप्टेम्बर(हि. स.)। वाराणसीमा गंगा नदीमा डुबेर क्रिकेट प्रेमी तथा नमामि गंगे टीमका सदस्यहरूले एशिया कपमा भारतको जीतको कामना गर्दै माण गंगा र बाबा विश्वनाथसित प्रार्थना गरे। आइतवार बिहान नमामि गंगे टीमका सदस्यहरूले राजेन्द्र प्रसाद घाटमा भारतीय क्रिकेट टीमको जीतको लागि भारत माता तथा क्रिकेट किटलाई हातमा बोकेर शंखनाद गरे। उनीहरूले भारत माता की जय, चक दे इण्डिया, जीतेगा भाई जीतेगा, हिन्दुस्तान जीतेगा जस्ता उद्घोषहरू गर्दै माँ गंगालाई प्रणाम गरे।
कार्यक्रमका संयोजक राजेश शुक्लाले भने, यस जीतले भारतीय टीमको मनोबल बढ़ाउनेछ र देशको आशा पूर्ण हुनेछ। 140 करोड़ भारतीयहरूको ध्यान टीम इण्डियामाथि केन्द्रित भएको छ। पाकिस्तानलाई परास्त गरी कप जितेर भारत फेरि विजयी हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा