अचानक पूर्णिया जीएमसीएचमा पुगे तेजस्वी यादव
अचानक पूर्णिया जीएमसीएचमा पुगे तेजस्वी यादव


पूर्णिया, 14 सेप्टेम्बर (हि.स.)। नेता प्रतिपक्ष तेजस्वी यादव गए शनिवार राती लगभग 10-11 बजीबीच अचानक सम्पूर्ण लावा-लस्करसितै पूर्णिया सदर अस्पताल एवं जीएमसीएचमा पुगे। उनको अचानक भ्रमणले अस्पताल प्रशासनमा खैलाबैला मचियो।

तेजस्वीले पुरानो अस्पताल परिसरका सबै वार्डहरूको जायजा लिए अनि रोगीहरूसित बातचित गरे। यस अवधि एकजना रोगीले सिकायत गरे, खुट्टा भाँचिएको भए पनि अस्पतालमा आवश्यक उपकरण उपलब्ध छैन। रोगीको भनाइ थियो, उपकरण आएपछि मात्र उपचार सम्भव हुनेछ। उनले महिला वार्डमा पनि रोगीहरूसित बातचित गरी उनीहरूको स्थिति बारे जानकारी लिए।

निरीक्षणको क्रममा तेजस्वी बाथरूममा पनि पुगे जहाँ फोहोर र भत्किएको झ्याल देखेर रोष व्यक्त गरे। यस अवधिभरि जीएमसीएचका सुप्रिन्टेण्डेन्ट सञ्जय कुमार उनको साथमा थिए। तेजस्वीले प्रश्न उठाए, रोगीहरूलाई पुरानो भवन र बरण्डामा किन राखिएको हो? जवाफमा सुप्रिन्टेण्डेन्टले भने, नयाँ जीएमसीएच भवन अहिले हस्तान्तरण भेको छैन। त्यसैले रोगीहरूलाई अस्थायी रूपमा पुरानो अस्पतालमा राखिएको हो।

प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित 15 सेप्टेम्बरको पूर्णिया आगमनपूर्व तेजस्वी यादवको यो छड़्के भ्रमण राजनीतिक खैलाबैलाको कारण बन्न पुगेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande