होटलमा युवकको संदिग्ध अवस्थामा मृत्यु
होटलमा युवकको संदिग्ध अवस्थामा मृत्यु


नयाँ दिल्ली, 14 सेप्टेम्बर (हि.स.)। उत्तर पूर्वी जिल्लाको न्यू उस्मानपुर थाना क्षेत्रस्थित एक होटलमा एक जना युवकको संदिग्ध अवस्थामा मृत्यु भएको छ। मृतकको पहिचान ब्रह्मपुरी निवासी मोहित गर्ग (26)- को रूपमा भएको छ। हाल पुलिसले मामिलाको जाँच गरिरहेको छ।

पुलिस मुताविक गए शनिवार राति लगभग 9:30 बजी न्यू उस्मानपुर थाना पुलिसलाई सूचना प्राप्त भयो क होटल फ्लोरिश, दोस्रो पुश्तास्थित एउटा कोठामा युवक अचेत अवस्थामा लड़िरहेको छ। घटनास्थलमा पुगेर पुलिसको टीमले युवकको पहिचान मोहित गर्गको रूपमा गऱ्यो। उसलाई तुरून्तै नजिककै अस्पतालमा लगियो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि जीटीबी अस्पतालमा पठाइदिएको छ।

पुलिस अधिकारी अनुसार शुरुआती जाँचमा थाहा लागेको छ कि मृतकले होटलको कोठा बुक गरेर आफ्ना साथीहरूसित पार्टी गरेका थिए। यसै अवधि उ अचानक अचेत भयो। फरेन्सिक टीमले घटनास्थलबाट प्रमाण एकत्र गरिसकेकोछ। हाल पुलिसले मृतकका साथीहरूसित जाँचबुझ गरी मामिलाको अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande