एसडीएफ नेता अरुण लिम्बू विरुद्ध सदर थानामा एफआईआर दर्ता
एसडीएफ नेता अरुण लिम्बू


गान्तोक, 15 सेप्टेम्बर (हि.स.)। एसडीएफ नेता अरुण लिम्बूलाई सदर पुलिसले असंवैधानिक रूपमा पक्राउ गरेको एसडीएफले आरोप लगाएको छ। एसडीएफले लिम्बूको पक्राउको भत्सर्ना जनाउॅंदै बिनाशर्त रिहा गर्नुपर्ने माग पनि गरेको छ।

पुलिस रिपोर्टमा उल्लेख गरिए अनुसार, मुख्यमन्त्रीका ओएसडी (कानुन) ले आइतवार तिमी तार्कु निवासी अरुण लिम्बू विरुद्ध सदर थानामा प्राथमिकी दर्ता गराएका छन्। उनले लिम्बूमाथि मुख्यमन्त्री र उनकी धर्मपत्नी विरुद्ध अपमानजनक भिडियो प्रसारित गरेको आरोप लगाएका छन्। यसैगरी, लिम्बूले सिक्किमलाई नेपालको हिंसात्मक विद्रोहसॅंग तुलना गर्दै कथित विद्रोहको लागि उक्साएको आरोप पनि लगाएको छ।

यस्ता कार्यहरूलाई मानहानि, आपराधिक धम्की, जालसाजी, र हिंसा भड्काउने, गोपनीयताको आक्रमण तथा सार्वजनिक शान्ति र राष्ट्रिय सुरक्षामा खतरा ठहर गर्दै उजुरीकर्ताले आरोपित व्यक्ति विरुद्ध आवश्यक कानुनी कारबाहीको माग गर्दै एफआईआर दर्ता गराएका छन्।

सदर थानामा एसडीएफ नेता अरुण लिम्बू विरुद्ध भारतीय न्याय संहिता, 2023 को धारा 152/352/353(2)/356(2)/336(4) अन्तर्गत मामिला दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande