कोलकाता, 20 सेप्टेम्बर (हि.स.)। कोलकाताको जादवपुर विश्वविद्यालयमा फेरि एकपटक ऱ्यागिङको विवादले तनाउ सृजना गरेको छ। गए शुक्रवार साँझ न्यू बोइज होस्टेलका लगभग 50 जना तृतीय वर्षका छात्रहरूले अरोबिन्दो भवन सामु प्रदर्शन गरे। उनीहरूको भनाइ छ, मेन होस्टेल (ए-1 र ए-2 ब्लक)-बाट ऱ्यागिंगका आरोपी छात्रहरूलाई नहटाउञ्जेलसम्म उनीहरू त्यहाँ सिफ्ल हुने छैनन्।
यी छात्रहरू त्यै ब्याचका हुन् जसावधि अर्थात दुई वर्षपूर्व मेन होस्टेलमा ऱ्यागिङको कारणले एकजना छात्रले ज्यान गुमाउन परेको थियो। आरोप छ, हालैमा केही छात्रहरू मेन होस्टेलको कोठा हेर्न गएका थिए। यस अवधि उनीहरूलाई वरिष्ठ छात्राहरूले धम्काए। प्रदर्शनकारी छात्रहरूको भनाइ छ, “ऱ्यागिङ कल्चर आज पनि जहाँको त्यहीँ यथावत छ।”
छात्रहरूले आरोप लगाएका छन्, विश्वविद्यालयको जाँच समितिले 17 जना छात्रहरूलाई दोषी पाएको थियो र उनीहरूलाई निलम्बन र होस्टेलबाट निष्कासन गर्ने सिफारिस गरेको थियो। तर दोषी छात्रहरूले अदालतबाट स्थगनादेश (स्टे अर्डर) ल्याएका कारण अहिले पनि उनीहरू मेन होस्टेलमै बसिरहेका छन्।
आन्दोलनरत् छात्रहरूको भनाइ छ, “हामी ती वरिष्ठ छात्राहरूसित एउटै गेट र डाइनिङ स्पेस साझा गर्नमा आफूलाई असुरक्षित महसूस गर्दछौं। उनीहरूलाई अन्यत्र पठाइयोस् वा हामीलाई भिन्नै भवन दिइयोस्।”
अर्कोतिर मेन होस्टेल (ए-1 र ए-2)-मा बस्ने छात्रहरूको भनाइ छ, उनीहरूको कोर्स पूरा हुनमा अहिले पनि दश महिना बाँकी छ र यस अवधि प्लेसमेन्ट सीजन पनि चलिरहेको छ। त्यसैले अचानक होस्टेल परिवर्तन गर्नु उनीहरूको लागि कठिन हुनेछ।
विश्वविद्यालय प्रशासनको भनाइ छ, अदालती आदेशको कारणले हाल आरोपी छात्रहरूलाई हटाउनु सम्भव छैन। अधिकारीहरूको मान्यता छ, तेस्रो वर्ष तथा वरिष्ठ छात्रहरूलाई भिन्नै राख्नको लागि मेन होस्टेलमा अन्तरिक विभाजन (पार्टीशन), भिन्नै डाइनिंग स्पेस तथा कमन रूम जस्तो व्यवस्था गर्न सकिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा