खड़गपुर (पश्चिम मिदनापुर), 20 सेप्टेम्बर (हि.स.)। अनुसूचित जनजाति (एसटी)-को सूचीमा सामेल गर्नुपर्ने मागमा कुड़मी समाजद्वारा शनिवार डाकिएको रेल तथा सड़क अवरोध आन्दोलनबाट दक्षिण-पूर्व रेलवेका केही सेवाहरू प्रभावित भएका छन्। बिहानसम्म पश्चिम मिदनापुर जिल्लाको खड़गपुर तथा वरपरका स्टेशनमा आन्दोलनको विशेष प्रभाव नदेखिए पनि दिन बढ़्दै गएपछि विभिन्न रूटहरूमा रेल सेवा बाधित भएको छ।
रेलवे सूत्रले बतायो, यस आन्दोलनको कारणले केही ट्रेनहरूलाई रद्द गर्नुपऱ्यो जसमा 13504 हटिया–बर्दवान लोकल, 68019/68020 टाटानगर–गुआ–टाटानगर लोकल औ 68003/68004 टाटानगर–गुआ–टाटानगर लोकल सामेल छन्। जबकि 18013 आद्रा–बोकारो स्टील सिटी एक्सप्रेसको मार्ग परिवर्तन गरी भोजुडीह–तालगड़िया–चास–बाँधडीही भएर संचालन गरियो। यस अतिरिक्त 20887 राँची–वाराणसी वन्दे भारत (बोकारो स्टील सिटीमा नियन्त्रित), 20893 टाटानगर–पटना वन्दे भारत (मुरीमा नियन्त्रित), 18626 हटिया–पूर्णिया कोर्ट एक्सप्रेस तथा 13352 आलाप्पुजा–धनबाद एक्सप्रेस (राँचीमा नियन्त्रित)- लाई रोकाउँदै चलाइयो।
खड़गपुर मण्डलको ओडिशास्थित भाँजपुर स्टेशनमा बिहान 5:02-देखि 5:35 बजेसम्म आन्दोलनकारीहरूले प्रदर्शन गरे। यस अवधि चक्रधरपुर मण्डलको सिनी-बिरबन खण्ड तथा झारखण्डको राखामाइन–गालुडीह लेभल क्रसिंग गेटमा पनि रेल यातायात बाधित रह्यो। हावड़ा-राँची रेल मार्गमा आन्दोलनको प्रभाव व्यापक रूपमा देखियो। चाकुलिया स्टेशनमा वन्दे भारत एक्सप्रेस, घाटशिला स्टेशनमा दूरंतो एक्सप्रेस औ झाड़ग्राम स्टेशनमा इस्पात एक्सप्रेसलाई रोकियो।
कलकत्ता हाईकोर्टले गत बिहीवार नै यस अवरोधलाई असंवैधानिक बताउँदै सरकारलाई यो सुनिश्चित गर्ने निर्देश दिएको थियो कि आम जनतालाई कुनै असुविधा नहोस्। यसलाई ध्यानमा राखेर शनिवार राज्य पुलिस अनि आरपीएफको अतिरिक्त टुकड़ीलाई विभिन्न स्थानमा तैनाथ गरिएको छ। पश्चिम मिदनापुरका अतिरिक्त पुलिस अधीक्षक (मुख्यालय) पिनाकी दत्ताले भने, शालबनी, चन्द्रकोणा रोड समेत जिल्लाका अधिकांश भागहरूमा सड़क यातायात सामान्य रह्यो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा