दुर्गा पूजालाई लिएर सुरक्षाको कड़ा बन्दोबस्त, कोलकाता पुलिसले एप लञ्च गर्ने
दुर्गा पूजालाई लिएर सुरक्षाको कड़ा बन्दोबस्त, कोलकाता पुलिसले एप लञ्च गर्ने


कोलकाता, 20 सेप्टेम्बर (हि.स.)। आइतवारदेखि देवीपक्ष अर्थात महालया शुरू हुनेछ। राज्यभरि नै देवी दुर्गाको आराधना शुरू भइसकेको छ। यसलाई ध्यानमा राख्दै पश्चिम बंगाल पुलिस औ कोलकाता पुलिसले सुरक्षाको व्यापक प्रबन्ध गरेको छ। कोलकाता पुलिसका एकजना वरिष्ठ अधिकारीले बताए, महालयको दिन गंगा घाटमा सुचारू रूपमा तर्पण हुन सकोस् भनेर विशेष व्यवस्था गरिएको छ। महालयको बिहानदेखि नै कोलकाता सहित राज्यका विभिन्न जिल्लाका घाटहरूमा पुलिस बललाई तैनाथ गरिनेछ। दुर्गा पूजालाई लिएर कार्निभल तथा लक्ष्मी पूजा विसर्जनसम्म राज्यभरि नै अतिरिक्त सुरक्षा व्यवस्था गरिनेछ।

पुलिस सूत्र अनुसार प्रत्येक ज़िल्लामा लगभग 10–15 हजारभन्दा अधिक सुरक्षा कर्मीहरूलाई तैनाथ गरिनेछ। यस अतिरिक्त होमगार्ड र एनसीसी जवानहरू समेत ड्यूटीमा रहनेछन्।

कोलकाता पुलिस कमिश्नर मनोज वर्माले भनेका छन्, दुर्गा पूजा अवधि श्रद्धालुहरूको सुविधाको लागि कोलकाता पुलिसले एक विशेष मोबाइल एप तयार गरेको छ जसलाई चाँड़ै लञ्च गरिनेछ। यस एपमा श्रद्धालुहरूलाई पूजा मण्डपसम्म पुग्ने मार्ग, वरपरका अन्य पण्डालहरूको जानकारी,आपतकालीम सम्पर्क तथा हेल्पलाइन नम्बर उपलब्ध रहनेछ।

राज्य पुलिसले स्पष्ट पारेको छ, आगामी 4 र 5 अक्टोबरमा विभिन्न जिल्लाहरूमा आयोजना हुने पूजा कार्निभलमा कुनै पनि प्रकारको अप्रिय घटना वा दुर्घटना हुन दिनका लागि विशेष निगारनी राखिनेछ। भीड़ नियन्त्रण, यातायात प्रबन्धन औ सुरक्षामाथि विशेषध्यान दिइँदैछ ताकि महिला, बाल-बालिका एवं वरिष्ठ नागरिकहरू कुनै अपराधको शिकार बन्न नपरोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande