सोनादा, 21 सेप्टेम्बर (हि.स.)। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्राथमिक शिक्षा विभागको आयोजनामा भइरहेको प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तर प्रतियोगिताको एघारौं दिनको दोस्रो अन्तर प्राथमिक पाठशाला प्रश्नोत्तरी प्रतियोगिता 2025 लोधोमा क्षेत्रमा सम्पन्न गरियो। लोधोमा सार्वजनिक भवन आयोजित कार्यक्रममा जीटीएको डेपुटी चेयरम्यान एवं प्राथमिक शिक्षा विभागका भारप्राप्त सभासद राजेस चौहान, क्षेत्रीय सभासद एवं पर्यटन विभागका कार्यकारी सभासद नोर्देन शेर्पा र अन्यान्यको उपस्थिति रहेको थियो।
रिम्बिक लोधोमा अनि पुल बजार बिजनबारी क्षेत्रबाट चयन भएका विद्यार्थी नानीहरुलाई जीटीएको शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानको बाहुलीबाट पारितोषिकको रुपमा ट्रफी र प्रमाण पत्र वितरण गरियो। जीटीएको प्राथमिक शिक्षा विभागको आयोजनामा भइरहेको प्राथमिक पाठशाला स्तरीय प्रश्नोत्तर प्रतियोगिता गोरुबथान, कालेबुङ, मिरिक, खरसाङ, रङ्ली रङ्लियट हुँदै लोधोमा र बिजनबारीमा सम्पन्न भएको छ।
अब दार्जिलिङ क्षेत्रलाई लिएर आगामी 23 सेप्टेम्बरमा मङ्पूमा आयोजना हुने भएको छ भने फाइनल सुकनामा आगामी 14 नोभेम्बरको दिन आयोजना गरिने छ। जीटीए प्रमुख अनित थापाको सहयोग अनि जीटीएको प्राथमिक शिक्षा विभागको प्रभारी सभासद राजेस चौहानको पहलमा प्राथमिक पाठशालाहरुलाई गुणस्तरीय बनाउनको लागि पहल शुरु गरिएको बताइएको छ।
हिन्दुस्थान समाचार / हनोक