एसएसबीको सक्रियतामा सडक मार्ग सफाई कार्य सम्पन्न
एसएसबीको सक्रियतामा सडक मार्ग सफाई कार्य सम्पन्न


गान्तोक, 21 सेप्टेम्बर (हि.स.)। गेजिङ जिल्लाको 12 नम्बु सिन्द्राबोङ जीपीयू अन्तर्गत रिम्बिककी पञ्चायत सदस्या सञ्चकुमारी लिम्बूको अनुरोधमा 72 बीएन एसएसबी, योक्समका जवानहरूले हालै नम्बु-रिम्बिक मार्गमा पैह्रो झरेर थुप्रिएका ढुङ्गा र हिलोमाटो सफा गर्ने कार्य गरेका छन्। कमान्डेन्टको मार्गनिर्देशनमा गरिएको सफाई कार्यमा स्थानीय गाउॅंलेहरूको पनि सक्रिय सहभागिता थियो।

सडक मार्ग सफाईका साथै आवश्यक मर्मत गरिएपछि एक उपयोग योग्य अवस्थामा सडक पुनर्स्थापना गरिएको बताइएको छ। एसएसबीले उक्त कार्य 'सेवा, सुरक्षा र भाइचारा' को भावनाका साथ सम्पन्न गरेको र स्थानीय मानिसहरूका साथै नागरिक प्रशासनले यस कार्यको सराहना गरेको बताइएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande