कांगड़ामा हाइब्रिड चरस र भांगको खेती गर्ने पक्राउ
कांगड़ामा हाइब्रिड चरस र भांगको खेती गर्ने पक्राउ


धर्मशाला, 22 सेप्टेम्बर (हि.स.)। कांगड़ा जिल्लाको नगरोटा बगवांको जसौर गाउँमा हाइब्रिड चरस र भांगको खेतीको एक अनौठो मामिला अघि आएको छ। पुलिसले यस प्रकारको मामिलाको पर्दाफास गर्दै घटनास्थलबाट आरोपी समीर डोगरालाई पक्राउ गरेको छ।

छापामारीमा पुलिसले 23 बिरूवा गमलामा, 13 बिरूवा सहित थप 27 काँटेको बिरूवा डोरीमा झुण्डाइएको जफत गऱ्यो। यस बाहेक सुखेको भांगको पत्ताहरू भरेको तीन वटा लिफा पनि भेटिएको छ। पुलिसले आरोपीदेखि 14 अमेरिकी डलर, 2 नेपाली नोट र 13,300 रूपियाँको भारतीय मुध्रा पनि जफत गरेको छ।

भांग, चरस विदेशी पर्यटकहरूलाई बेच्ने तयारीमा थियो आरोपी

एसपी कांगड़ा अशोक रत्नले बताए, पुलिसलाई लामो समयदेखि आरोपीमाथि शंका थियो। गुप्त निगरानीपछि 21 सेप्टेम्बरमा आरोपीले घऱभित्र हाइब्रिड चरस र भांगको खेती गरिरहेको सूचना पाइयो। उले यसलाई जड़िया र विदेशी पर्यटकहरूलाई बेच्ने तयारीमा थियो। जफत गरिएको बिरूवा आधुनिक किसिमको थियो। यसलाई विशेष तरीकाले गमलाहरूमा उमारिन्थ्यो। आरोपीले बिरूवा काँटेर कमराभित्र बिना घाँमको सुकाउनेगर्थ्यो। यसबाट उले विदेशी ग्राहकहरूबाट अधिक दाम पाउनेगर्थ्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande