छोराले पिताको लाइसेन्सी पेस्तोलले गोली दागेर गऱ्यो आत्महत्या
छोराले पिताको लाइसेन्सी पेस्तोलले गोली दागेर गऱ्यो आत्महत्या


गाजियाबाद, 22 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशमा गाजियाबाद जिल्लाको बिसरख थाना क्षेत्रमा सोमवार बिहान एक युवकले आफ्नो पिताको लाइसेन्सी पेस्तोलले आफूमाथि गोली दागेर आत्महत्या गऱ्यो। घटनाको सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो र शवलाई आफ्नो कब्जामा लिएर छानबीन शुरू गऱ्यो।

पुलिस उपायुक्त शक्ति मोहन अवस्थीले बताए, आम्रपाली लेजर भ्याली सोसाइटी निवासी प्रियांशु चौधरीले आज बिहान आफ्नो पिता अजय चौधरीको लाइसेन्सी पेस्तोलले आफूलाई गोली दागेर आत्महत्या गरेको छ। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो।

उनले बताए, पुलिसले परिजनहरूसित कुराकानी गरी आत्महत्याको कारणहरूको जाँच गरिरहेको छ। प्रथम दृष्टया युवकले मानसिक तनावको कारण आत्महत्या गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande