गौतमबुद्ध नगर, 22 सेप्टेम्बर (हि.स.)। उत्तर प्रदेशको गौतमबुद्ध नगर जिल्लामा बीटा-दुई थाना क्षेत्रमा संचालित एक ब्यूटी पार्लरका दुई कर्मचारीहरूले काम सिखिरहेकी किशोरीसित दुष्कर्म गरे। पीड़िताको शिकायतमा पुलिसले मामिला दर्ता गरी जाँच शुरू गऱ्यो।
बीटा-2 थाना प्रभारी विनोद कुमारले सोमवार बताए, क्षेत्रको एक ब्यूटी पार्लरमा काम सिखिरहेकी किशोरीका परिजनहरूले आइतवार अबेर राति शिकायत दिएका थिए। जसमा उनीहरूले बताए, हिजो किशोरी काम सिख्न ब्यूटी पार्लर गएकी थिई। पार्लरमा उसित काम गर्ने रोहन र सैफ बाटोमा भेटाए। उनीहरूको कुरामा आएर किशोरी उनीहरूसित गई र दुवैले एक सुनसान ठाउँमा लगएर उसित दुष्कर्म गरे।
उनीहरूले यो कुरा कसैलाई नबताउने धम्की दिए। घर फर्केपछि किशोरीले परिवारलाई सबै कुरा बताइ। यसपछि परिजनहरूले गए राति युवकहरू विरूद्ध मामिल दर्ता गराएका छन्। पुलिसले शिकायतको आधारमा मामिला दर्ता गरी दुवै आरोपीलाई पक्राउ गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी