अररिया, 23 सेप्टेम्बर (हि.स.)। सशस्त्र सीमा बल (एसएसबी) 56औं वाहिनीको बाह्य सीमा चौकी जी समवाय घुरनाको विशेष गश्ती टीमले घुरना थाना पुलिसको साथ हिजो राति संयुक्त रूपमा छापा मारेर बबुआन गाउँको वार्ड संख्या 11 मा 118 किलो गांजाको साथ एक तस्करलाई पक्राउ गऱ्यो।
एसएसबी र पुलिसको यो संयुक्त कारबाही भारतीय बोर्डर भारत-नेपाल सीमा स्तम्भ संख्या 192/4 निकट भारतीय परिक्षेत्रमा गरियो। एसएसबी र घुरना पुलिसले गुप्त सूचनाको आधारम संयुक्त रूपम हिजो राति कारबाही गरी यो उपलब्धी हासिल गऱ्यो। पक्रा परेको तस्कर र गांजालाई एसएसबीले घुरना थाना पुलिसलाई सुम्पेको छ। घुरना पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी