कूचबिहार, 23 सेप्टेम्बर (हि.स.)। धारिलो हतियारले पिताको हत्या गर्ने प्रय़ास गरेको आरोप एक छोरामाथि लागेको छ। घटना सोमवार राति लगभग 9 बजी ओकराबाड़ीबजारको हो। घटना भएदेखि आरोपी छोरा महबूब रहमान फरार छ। जबकि घाइते पिता मंसूर अली (55) लाई गम्भीर अवस्थामा दिनहाटा महकुमा अस्पतालमा भर्ती गराइएको छ। जहाँ उनको उपचार भइरहेको छ।
पुलिस सूत्रहरू अनुसार, युवकलाई पहिलेपनि आफ्नी पत्नीलाई प्रताड़ित गरेको आरोपमा पक्राउ गरिएको थियो। महबूब सदैव नशामा रहन्थ्यो। यही कुरालाई लिएर उसको आफ्नो पितासित झगड़ा हुनेगर्थ्यो। हिजो रातिपनि दुवैबीच कुनै कुरालाई लिएर विवाद भएको थियो र सोही अवधि आरोपीले आफ्नो पितामाथि ज्यानमारा हमला गऱ्यो।
हिन्दुस्थान समाचार / भवानी थामी