नयाँ दिल्ली, 24 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री रेखा गुप्ताले बुधवार दिल्ली विश्वविद्यालय छात्र संघ (डूसू)-का नवनिर्वाचित अध्यक्ष आर्यन मान, महासचिव कुणाल चौधरी, संयुक्त सचिव दीपिका झा औअखिल भारतीय विद्यार्थी परिषद (अभाविप)-का विद्यार्थीहरूसित मुख्यमन्त्री जनसेवा सदनमा भेट गरिन्। यस आशयको जानकारी मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया अकाउण्टमा साझा गरेकी छन्।
मुख्यमन्त्रीले पोस्टमा लेखिन्,“अखिल भारतीय विद्यार्थी परिषदको यो विजयत्यस परम्परा एवं संघर्षको जीवन्त प्रतीक हो, जसलाई विद्यार्थी परिषदले दशकौं पहिला ‘ज्ञान, शीलर एकता’-को मन्त्रसितै स्थापना गरेको थियो। उनले भनिन्, “योक्षण मेरो लागि अत्यन्त आत्मीय छ। डूसूको अध्यक्षता मेरो यात्राको एउटा यस्तो अध्याय रहेको छ जसले सेवा अनि समर्पणको दिशा तय गऱ्यो। आज यी युवाहरूमा त्यही ऊर्जा एवं समर्पण देखिरहेको छ जुन मेरो जनसेवाको निरन्तर प्रेरणा बनिरहेको छ।
मुख्यमन्त्रीले सबैलाई शुभकामना दिँदै भनिन्, आउनुहोस्, एकजुट भएर विकसित दिल्लीको सपनालाई साकार बनाऔं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा