दुर्गा पूजाबीच कोलकाता त्रासदीः सुकान्त मजुमदारले ममता सरकारमाथि झुटो फैलाएको आरोप लगाए
दुर्गा पूजाबीच कोलकाता त्रासदीः सुकान्त मजुमदारले ममता सरकारमाथि झुटो फैलाएको आरोप लगाए


कोलकाता, 24 सेप्टेम्बर (हि. स.)। दुर्गा पूजाको माहोलमा कोलकाता लगायत सम्पूर्ण पश्चिम बंगालमा भएको वर्षा एवं करेन्ट लागेर दश जना मानिसहरूको मृत्यु भएको घटनालाई लिएर राजनीति तीव्र भएको छ। केन्द्रिय शिक्षा राज्य मन्त्री औ बंगाल भाजपाका पूर्व अध्यक्ष सुकान्त मजुमदारले मुख्यमन्त्री ममता ब्यनर्जी र राज्यका शहरी विकास मन्त्री फिरहाद हकिममाथि गम्भीर आरोप लगाएका छन्। उनले भने, राज्य सरकारले वास्तविकतालाई लुकाउनको लागि झुटो फैलाउने काम गरेको छ।

मजुमदारको आरोप – झुट र लापरवाहीले बढ़ायो संकट-

सुकान्त मजुमदारले बुधवार माइक्रोब्लगिंग साइट एक्समा लेखे, दुर्गा पूजाको पावन अवसरमा बंगाल मृत्यु र त्रासदीसित जुझिरहेको समय ममता ब्यानर्जी र उनको टीम भने झुट पस्किन अनि जनताको पीड़ालाई दबाउनमा लागिपरे। यो बंगालको आत्मामा गहिरो आघात हो।

भाजपा नेताले आफ्नो ट्वीटमा राज्य सराकरमाथि तीन वटा ठूलो झुट बोलेको आरोप लगाए। पहिलो झुट- वर्षा अचानक भयो। ‌ गए मंगलवार मुख्यमन्त्री ममता ब्यानर्जीले भनेकी थिइन्, वर्षा अचानक भएको थियो। यसलाई झुटो बताउँदै मजुमदारले भने, भारतीय मौसम विभागले एक दिन अगावै चेताउनी दिएको थियो कि गंगीय पश्चिम बंगाल, झारखण्ड अनि ओडिशामा घना वर्षा हुने सम्भावना छ।

दोस्रो झुट –मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, यो सीईएससीको जिम्मेवारी हो। यसमाथि प्रत्याक्रमण गर्दै सुकान्त मजुमदारले भने, बिजुली कम्पनी सीईएससीले स्पष्ट पाऱ्यो कि स्ट्रीट लाइट पोल र ट्राफिक लाइटको जिम्मेवारी उनीहरूको होइन।

तेस्रो झुट–मुख्यमन्त्री ममता ब्यानर्जीले सार्वजनिक रूपमा दाबी गरिन् कि 24 घण्टामा 1423.2 मिमी वर्षा भयो। मजुमदारले भने, रिपोर्ट अनुसार कोलकातामा 24 घण्टामा 247 मिमी वर्षा भएको थियो, 1423 मिमी होइन।

‘जनतालााई सहयोग गर्नको सट्टा सरकार प्रचारमा डुबिरहेको छ’-

सुकान्त मजुमदारले भने, जतिबेला मानिसहरूलाई सहयोगको आवश्यकता थियो, त्यसबेला मुख्यमन्त्री ममता ब्यनर्जी झुट फैलाउनमा व्यस्त थिइन् भने मन्त्री फिरहाद हकिम सोफामा बसेका थिए। उनले कटाक्ष गर्दै लेखे, ममताको भतिज सायद जिममा थिए होलान्।

भाजपा नेताले भने, बंगाल कसैको पनि दयामा बाँच्दैन। पछिल्लो दिनहरू जस्तै यसपालि पनि बंगाल यस आपदादेखि माथि उक्लिनेछ। तर यसपालि मानिसहरूले यो भुल्ने छैनन् कि उनीहरू आफ्नो ज्यान बचाउने लड़ाईँ लड़िरहेको बेला सरकारले उनीहरूलाई सत्यको सट्टा झुटो दियो र उनीहरूको पीड़ाको उपहास गऱ्यो। मजुमदारले अन्तमा लेखे, यसपालि बंगाल उठ्नेछ। यसपालि बंगालले याद राख्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande