मालदह, 24 सेप्टेम्बर (हि. स.)। जिल्लाको गोलापगञ्ज थाना प्रभारीले गए मंगलवार राति पुलिस बल सहित कालियाचक थाना क्षेत्रको पक्का कोट (बालू)- स्थित एक आँप बगैचा नजिकै छापा मारेर 39 किलो ब्राउन शुगर सहित तीन जना मानिसहरूलाई पक्राउ गरे। पक्रा पर्ने आरोपीहरूको पहिचान कालियाचक थानान्तर्गत नारायणपुर निवासी बरकात शेख (50), रऊफ शेख (45) र हसिबुर शेख (42)-को रूपमा भएको छ।
पुलिसले घटनास्थलबाट दुई वटा रातो रंगको टब जफत गऱ्यो जसमा खैरो रंगको पाउडर गिलो अवस्थामा राखिएको थियो। सेतो कपड़ामा पोको पारेको यस पाउडरको वजन लगभग 39 किलो छ जसलाई संदिग्ध ब्राउन शुगर भनिन्छ। तीनै जना आरोपीहरू विरूद्ध मामिला दर्ता गरिएको छ। पुलिसले यो पनि बतायो, यस गिरोहसित सम्बन्धित अन्य सदस्यहरूको पनि पहिचान गरिएको छ। अग्रिम कारबाही जारी छ।
जानकारहरू अनुसार मालदह जिल्लामा अहिलेसम्म जफत गरिएको मादक पदार्थहरूको यो सबैभन्दा ठूलो मामिला हो। जफत गरिएको ब्राउन शुगरको अन्तर्राष्ट्रि बजारमा खुदरा मूल्य 40 करोड़ रुपियाँ रहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा