समाजमा सेवा अनि स्वच्छताप्रति जागरूकताको यो प्रयासले देशलाई अझ सशक्त बनाउनेछः मेयर
समाजमा सेवा अनि स्वच्छताप्रति जागरूकताको यो प्रयासले देशलाई अझ सशक्त बनाउनेछः मेयर


नयाँ दिल्ली, 24 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवसमा आयोजित सेवा पखवाड़ा अन्तर्गत दिल्लीका मेयर राजा इकबाल सिंहले बुधवार मुखर्जी नगरको मलिकपुर गाउँमा विशेष स्वच्छता अभियानमा भाग लिए। साथै उनले सफाई अभियान अवधि मानिसहरूसित भेट गरी उनीहरूको समस्या सुने अनि समाधानको लागि सम्बन्धित अधिकारीहरूलाई निर्देश दिए।

राजा इकबाल सिंहले भने, यस पलहको उदेश्य दिल्लिवासीहरूमा स्वच्छ एवं हरित दिल्लीको संकल्पलाई सुदृढ़ बनाउनु हो। उनले भने, समाजमा सेवा तथा स्वच्छताप्रति जागरूकताको यो प्रयास निश्चित रूपमा देशलाई अझ सशक्त बनाउनेछ। यस अभियानले स्वच्छताप्रति जागरूकता मात्र नफैलाएर सामुदायिक सहभागितालाई पनि प्रेरित गऱ्यो।

मेयरले भने, प्रधानमन्त्री मोदीको प्रेरणाबाट शुरू भएको यो प्रयासले समाजमा सेवा तथा स्वच्छताप्रति जागरूकलाई बढ़ाउनमा महत्वपूर्अण भूमिका निर्वाह गरिरहेको छ। यो अभियान देशलाई स्वच्छ एवं सशक्त बनाउने दिशामा एक सकारात्मत कदम हो।

उनले भने, दिल्लीका नागरिकहरूको सहयोगमा दिल्लीलाई सफा अनि सुन्दर शहर बनाउनको लागि प्रतिबद्ध छ। सबैले मिलेर स्वच्छ भारत मिशनलाई अझ मजबुत बनाउनुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande