झाड़ग्राम, 26 सेप्टेम्बर (हि. स.)। झाड़ग्राम जिल्लाको सपधरा ग्राम पञ्चायत अन्तर्गत छोटे चाँदाबिला सहित लगभग दश वटाभन्दा अधिक गाउँका मानिसहरूले पुल निर्माणको मागलाई लिएर जिल्ला परिषद कार्यालय घेराउ गरी विरोध प्रदर्शन गरे।
ग्रामीणहरूको भनाइ छ, पुत्रांगी नहरमा निर्मित पुल वर्ष 2018-मा ध्वस्त भएको थियो, त्यसपछिदेखि अहिलेसम्म पुल निर्माणको निम्ति प्रशासनले कुनै ठोस कदम उठाएको छैन।
ग्रामीणहरूले बताए, पुल भत्किएपछि ओहोर-दोहोर गर्न धेरै समस्या भइरहेको छ। कैयौं पटक सड़क जाम तथा प्रदर्शन गरिसकेको भए पनि आश्वासन बाहेक केही दिइएको छैन। विगत छह वर्षदेखिकै ग्रामीणहरूले आफ्नो समस्याको बारेमा कैयौं पटक जिल्ला परिषदलाई अवगत गराइसकेको छ। तर सुनवाई नभएपछि अब उनीहरूले आन्दोलनको बाटो अप्नाएका हुन्।
यसबीच ज़िल्ला परिषदको पक्षबाट आश्वासन दिइयो, चाँड़ै नै पुल निर्माण कार्य आरम्भ गरिनेछ। आश्वासन पाएपछि ग्रामीणहरूले आफ्नो कार्यक्रमलाई स्थगित गरे।साथै ग्रामीणहरूले चेताउनी दिएका छन्, यदि पुल निर्माण कार्य यथाशीघ्र शुरू भएन भने भविष्यमा अझ ठूलो आन्दोलन गर्न उनीहरू बाध्य हुनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा