गुवाहाटी (असम), 26 सेप्टेम्बर (हि.स.)। असमका महान संगीतकार जुबिन गर्गको असामयिक निधनले सम्पूर्ण राज्यलाई गहिरो शोकमा डुबाएको छ। यसबीच असम साहित्य सभाले उनको योगदान तथा धरोहरलाई संरक्षित गर्नको लागि एक महत्वपूर्ण पहल गर्ने घोषणा गरेको छ।
सभाका अध्यक्ष डा. बसन्त कुमार गोस्वामीले भने, जुबिन गर्ग एक जना राष्ट्रिय पहिचान थिए र उनको मानवीय विचारधारा त्यसबेला मात्र पूर्ण हुनेछ जतिबेला सरकारले उनको असमय निधनको लागि जिम्मेवार मानिसहरूलाई चिन्हित गरी सजाय दिलाउनेछ। उनले भने, “जुबिनको आत्मा एक वैश्विक प्रकाश हो र उनको मामिलामा न्यायले सरकारको प्रतिबद्धतालाई विश्व सामु दर्शाउनेछ।”
डा. गोस्वामीले बताए, साहित्य सभाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएर जुबिन गर्गलाई मरणोपरान्त भारत रत्न दिने अपील गरेको छ। यसरी नै असम सरकारसित पनि यस पहलमा सहयोग गर्ने अनुरोध गरिएको छ।
एक ऐतिहासिक निर्णय लिँदै असम साहित्य सभाले जुबिन गर्गका समग्र रचनाहरू-गीत, कवितालाई असमिया, अंग्रेजी र हिन्दी भाषामा प्रकाशित गर्ने संकल्प लिएको छ। संकलन कार्य आरम्भ भइसकेको छ र यसलाई आगामी वर्ष 2026-को मध्यसम्ममा प्रकाशित गर्ने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा