पूर्वोत्तरको सबैभन्दा ठूलो अत्याधुनिक सभागृहमा ‘ज्योति-बिष्णु अडिटोरियम’ बनाइँदैछ
पूर्वोत्तरको सबैभन्दा ठूलो अत्याधुनिक सभागृहमा ‘ज्योति-बिष्णु अडिटोरियम’ बनाइँदैछ


गुवाहाटी (असम), 26 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार राज्यको सांस्कृतिक एवं आधारभूत विकासको दिशामा एउटा ठूलो पहल गर्ने घोषणा गरे। राजधानीको खानापाड़ा क्षेत्रमा 5 हजार सीट भएको सभागृह निर्माण गरिँदैछ।

यस भव्य सभागृहको नाम असमका दुई महान विभूतियहरू क्रमैले रूपकोँवर ज्योतिप्रसाद अग्रवाला अनि कलागुरु बिष्णुप्रसाद राभाको नाममा राखिएको छ। ‘ज्योति-बिष्णु अडिटोरियम’ पूर्वोत्तर क्षेत्रको सबैभन्दा विशाल सभागृह हुनेछ जसमा विश्वस्तरीय सुविधाहरू उपलब्ध हुनेछ।

यसको संचालन तथा प्रबन्धनको जिम्मेवारी राज्य मन्त्रीमण्डलको फसेला अन्तर्गत औपचारिक रूपमा श्रीमन्त कलाक्षेत्र समाजलाई सुम्पिइएको छ। मुख्यमन्त्रीले बताए, यस सभागारको उद्घाटन चाँड़ै गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande