पश्चिम मिदनापुर, २६ सेप्टेम्बर (हि.स.)। खडगपुर मण्डल आरपीएफ टास्क टिमले जलेश्वर रेल्वे स्टेशनमा अवैध रेल्वे आरक्षण टिकटको किनबेच गर्ने एक व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ।
जानकारीअनुसार, विश्वसनीय सूचनाका आधारमा आरपीएफ टास्क टिम खडगपुर र आरपीएफ पोस्ट रूपसाको संयुक्त टोलीले जलेश्वर स्टेशनस्थित पीआरएस काउन्टरमा छापामारी गर्यो।
आरपीएफ टोलीले एक व्यक्तिलाई पीआरएस काउन्टरबाट टिकट लिँदै गर्दा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा देख्यो। जब टोलीले उसलाई समात्ने प्रयास गर्यो, ऊ भागेर छेउको जेरोक्स पसलमा पस्यो। त्यसपछि टोलीले तुरुन्तै उसलाई नियन्त्रणमा लियो। तलासी गर्दा उसको साथबाट तीन वटा तत्काल यात्रा आरक्षण टिकट (कुल मूल्य ₹११,१८०/-) र नगद ₹२००/- बरामद भयो।
सोधपुछमा आरोपितले आफ्नो परिचय ३८ वर्षीय सैयद सज्जन होसेन, जलेश्वर, बालासोर जिल्ला (ओडिशा) बसोबास गर्ने भनेर बताएको छ। उसले आर्थिक लाभका लागि रेल्वेको कुनै वैध अनुमति बिना नै टिकट किनबेच गर्दै आएको स्वीकार गरेको छ।
बरामद टिकट र नगदलाई साक्षीहरूको उपस्थितिमा जफत गरियो। तलासी र जफतको सम्पूर्ण प्रक्रिया आरपीएफ टोलीले भिडियोमा कैद गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल