पिकअप र मोटरसाइकलको भिड़न्तमा दुईजनाको मृत्यु
पिकअप र मोटरसाइकलको भिड़न्तमा दुईजनाको मृत्यु


राजनान्दगाउँ /डोंगरगढ़, 27 सेप्टेम्बर (हि.स.)। राजनान्दगाउँ जिल्लाको डोंगरगढ़ थाना क्षेत्रान्तर्गत आज शनिवार बिहान पिकअप र मोटरसाइक आपस्तमा ठोक्किएर दुईजना युवकको घटनास्थलमै मृत्यु भयो। मृतक दुवै युवक आफ्ना साथीहरूसित माँ बम्लेश्वरीको दर्शन गरेर फर्किरहेका थिए। यो दुर्घटना ग्राम मुंदगाउँमा लगभग 10 बजे बिहान भएको हो।

घटनापछि पिकअप भयानका चालक घटनास्थलबाट भागेको छ। स्थानीय मानिसहरूले तुरून्त दुर्घटनाको सूचना पुलिसलाई दिए। डोंगरगढ़ पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ। दुर्घटनामा ज्यान गुमाउनेहरूको पहिचान अमित साहनी (कृष्णा नगर) र सचिन यादव (कुरूद, भिलाई)-को रूपमा भएको छ। पुलिसले घटनास्थलको जाँच गरिरहेको छ। साथै वरपरका सीसीटीभी पुटेजको पनि जाँच गरिरहेको छ ताकि चालकलाई चाँड़ै समात्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande