कामरूप (असम), २७ सेप्टेम्बर (हि.स.)। सशस्त्र सीमा बल (एसएसबी) २४ औं बटालियन, रंगियाका कमाण्डेन्ट एच.के. गुप्ताको निर्देशनमा निरीक्षक प्रमोद कुमारको नेतृत्वमा सीमा चौकी बिहंगापुर र वन विभाग कुमारीकाटाले भारत–भुटान सीमामा संयुक्त अभियान चलाए। यस अभियानका क्रममा भारतीय सीमाभित्र करिब ५० ग्राम गेक्को (छेपारो) को छालासहित एक व्यक्तिलाई पक्राउ गरियो।
एसएसबीको २४ औं बटालियनले शनिबार जानकारी दिँदै उक्त अभियानपछि बरामद गेक्कोको छालासहित पक्राउ परेका व्यक्तिलाई वन विभाग कुमारीकाटालाई बुझाइएको बतायो।
यस अभियानमा बिहंगापुर सीमा चौकी, २४ औं बटालियन एसएसबी, रंगियाका उप–निरीक्षक भी.एल. मालसवमा, सहायक उप–निरीक्षक बिपुल कान्ती सिन्हा, मुख्य आरक्षी (सामान्य) जगजीत राम, आरक्षी (सामान्य) देवाशीष मांझी, महेश लकरा, मोहम्मद समीम, सवालाल देओरी साथै वन विभागतर्फबाट राजेन क्षेत्री, बादाम बोडो आदि सहभागी थिए।
---------------
हिन्दुस्थान समाचार / बिशाल