बलरामपुर, 28 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ भारतको दर्शन भइरहेको छ, भेदभाव रहित सबैले कल्याणकारी योजनाहरूको लाभ पाइरहेका छन्। तर केही तत्वहरू यस्ता पनि छन् जसलाई विकास पच्दैन। उत्सवको समयमा अराजकता फैलाउन चाहन्छ। यस्ता तत्वहरूलाई म भन्न चाहन्छु, विकासमा बाधक बन्यो भने आफ्नै लागि विनाशको कारण बन्नेछ। भारतको धरतीमा गजवा हिन्द स्वीकार्य छैन। उक्त सम्बोधन मुख्यमन्त्री योगी आदित्यनाथले ब लरामपुरमा आयोजित एक समारोहबीच 825 करोड़ रुपियाँको परियोजनालाई उपहारस्वरूप दिने क्रममा गरेका हुन्।
सीएमले भने, ती मानिसहरूले आफ्नो भूल बुझाईलाई बिराम चिन्ह लगाउन् जसलाई सपा र कंग्रेसको सरकारमा दंगा गर्दा सरकारले उनीहरूलाई आवोभगत गर्दथ्यो। अब डबल इञ्जिनको सरकार छ। यदि कहीँ पनि उपद्रवी गर्ने प्रयास गऱ्यो भने यो बाटोले उनीहरूलाई सोझै नर्कमा पुऱ्याउनेछ। गजवा हिन्दको नारा दिएर भारत विरोधी काम गर्नेहरू भारतको धरतीमा यस्तो चल्दैन। यदि कसैलाई नर्कमा जानुछ भने उसले गजवा ए हिन्दको कुरा गर्नेछ। हिन्दुस्तानमा बसेर भारत विरोधी कार्यमा लिप्त रहेका मानिसहरू सजग बस्नुपर्छ। समय-समयमा प्रशासनलाई अवगत गराउनुपर्छ। लातों के भूत बातों से नहीं मानते, उनले भने। उनले अझ भने, सरकारले जीरो टलरेन्सको नीतिमाथि काम गरिरहेको छ। हाम्रो संवेदना गरीबहरूप्रति, छोरी-चेलीहरूप्रति तथा व्यापारीहरूप्रति छ। बरेलीको घटनाको उल्लेख गर्दै उनले भने, जसको हातमा कलम हुनुपर्छ, उनीहरूको हातमा आई लभ मोहम्मद लेखिएको प्ले कार्ड बोकाएर उपद्रव गर्ने प्रयास गरियो, राड्यमा अराजकतालाई स्वीकार गरिनेछैन। जसले कानूनलाई हातमा लिने चेष्टा गर्छ उसलाई सोझै नर्कको टिकट काटेर पठाइनेछ। ड्रोनको नाममा त कहिले चोरीको नाममा अफवाह फैलाइँदैछ, यस्ता मानिसहरूमाथि ग्यांगस्टरको कारबाही हुनेछ।
सीएम योगीले बलरामपुरको घुघुलपुरस्थित राजकीय पोलीटेक्निक कलेजको उद्घाटन गर्दै जिल्लावासीहरूलाई 825.29 करोड़ रुपियाँका 124 परियोजनाहरूको उपहार दिए। सीएमले 17 फरवरी, 2020 मा राजकीय पोलीटेक्निकको भवनको शिलान्यास गरेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा