इम्फाल, 28 सेप्टेम्बर (हि.स.)। मणिपुर पुलिसले मादक पदार्थ समाधान अभियान अन्तर्गत इम्फाल पश्चिमको लामडेंगस्थित शिजा कमन बायोमेडिकल वेस्ट ट्रीटमेन्ट फेसिलिटीमा भारी मात्रामा मादक पदार्थहरूलाई नष्ट गरिदियो।
मणिपुर पुलिसले सोशल मीडियामा बतायो, गए 27 सेप्टेम्बरमा एक विशेष अभियान चलाउँदै मादक पदार्थहरूलाई नष्ट गरियो जसमा जफत गरिएका मादक पदार्थहरू क्रमैले 6 किलोग्राम हेरोइन पाउडर, 87 किलोग्राम ब्राउन शुगर, 22 किलोग्राम डब्ल्यूवाई (मेथामफेटामाइन) ट्याबलेट, 36 किलोग्राम स्यूडोएफेड्रिन, 182 किलोग्राम गाँजा तथा थोरै मात्रामा एसपी क्यापसुल सामेल थिए।नष्ट गरिएका सबै मादक पदार्थहरूलाई विभिन्न जिल्ला पुलिस एकाई, नारकोटिक्स एण्ड अफेयर्स बोर्डर (एनएबी) औ अन्य सुरक्षा एन्सीहरूद्वारा संचालित अभियानहरूको क्रममा जफत गरिएको थियो।
पुलिस महानिदेशक (डीजीपी) राजीव सिंहले वरिष्ठ अधिकारीहरूसित मिलेर यस प्रक्रियाको निगरानी गरे। उपस्थित मानिसहरूलाई सम्बोधन गर्दै सिंहले नशामुक्त मणिपुरप्रति विभागको प्रतिबद्धतालाई दोहोऱ्याए अनि मादक पदार्थ विरोधी अभियानमा जुटेका पुलिसकर्मीहरूको अथक प्रयासको प्रसंशा गरे।
उनले तस्करी नेटवर्कको सामना गर्दा अधिकारीहरूमाथि व्यक्तिगत रूपमा आइलाग्ने जोखिमलाई स्वीकार गरे अनि नागरिकहरूसित ड्रग्स तस्कर तथा तस्करहरूको बारेमा जानकारी साझा गरेर कानून प्रवर्तन एन्ज्सीहरूलाई सहायता गर्ने आग्रह गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा