वरिष्ठ तथ्याङ्क अधिकारीद्वारा आकांक्षी जिल्ला नम्चीको भ्रमण
Officer-namchi-visit


गान्तोक, 28 सेप्टेम्बर (हि.स.)। नयाॅं दिल्लीबाट आएका पशुपालन एवं दुग्धका वरिष्ठ तथ्याङ्क अधिकारी कमल कुमारले आकांक्षी जिल्ला नम्ची भ्रमण गरेका छन्। भ्रमणको मुख्य उद्देश्य विभिन्न केन्द्रिय योजनाहरूको कार्यान्वयनको मूल्याङ्कन गर्नु र किसानहरूलाई योजना लाभबारे जानकारी दिनु रहेको राज्य पशुपालन एवं पशु चिकित्सा विभागले बताएको छ।

भ्रमणका क्रममा अधिकारीले जिल्ला पशु चिकित्सालयको अवलोकन गरेका र आर्टिफिशियल इन्मेमिनेशन, बीमा, जन-धन गणना लगायतका कार्यक्रमहरूको कार्यान्वयनको प्रगति जाँच गरेका थिए। साथै, अप्पर घुर्पिसे र जाउबारी गाउँको क्षेत्र भ्रमण गरी किसानहरूसँग संवाद गरे र घर-घर भ्रमणमार्फत योजनाको लाभ सुनिश्चित गरे।

क्षेत्र भ्रमणमा दूध सङ्कलन केन्द्र पनि अवलोकन गरियो, जहाँ किसानहरूलाई योजना लाभ लिन प्रेरित गरिएको थियो। भ्रमण सफल रहेको र किसान तथा विभागबीच सकारात्मक अन्तरक्रिया भएको विभागले बताएको छ।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande