जिरो फेस्टिभलसँग सिक्किमको साझेदारी : संस्कृतिभन्दा पर, अवसर र नवप्रवर्तनतर्फ ठूलो कदम
Ziro festival


गान्तोक, 28 सेप्टेम्बर (हि.स.)। अरुणाचल प्रदेशको चर्चित जिरो फेस्टिभलमा सिक्किमको ऐतिहासिक साझेदारी भएको छ। यस पटक सिक्किम पहिलो पटक ‘स्टेट पार्टनर’ घोषित भएको हो, जसलाई मुख्यमन्त्री प्रेमसिंह तमाङको दूरदर्शी पहलको रूपमा लिइएको छ।

मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङले आज जारी प्रेस विज्ञप्तिमा भने, दुई सयभन्दा बढी सदस्यहरूको प्रतिनिधिमण्डल— उद्यमी, स्वयं सहायता समूह नेतृहरू, युवा स्टार्टअप संस्थापक, पर्यटन व्यवसायी, एडभेन्चर राइडर, सांस्कृतिक टोली, मिडियाकर्मी तथा सूचना तथा जनसम्पर्क, पर्यटन, वाणिज्य र उद्योग विभागका अधिकारीहरू— हिमालबाट जिरो उपत्यकासम्म पुगेका छन्। यो केवल भ्रमण नभई सिकाइ र अवसरको जीवित कक्षा बनेको छ।

उनले भने, मुख्यमन्त्रीले भनेका छन्, “नयाँ सोच र नवप्रवर्तन तब मात्र सम्भव हुन्छ जब हाम्रो पुस्ता आफ्नो सीमित परिधिबाट बाहिर निस्कन्छ।” जिरो फेस्टिभल जस्तो दिगो र सिर्जनशील कार्यक्रमसँगको सम्पर्कले सिक्किमका युवाहरूलाई नयाँ दृष्टिकोण सिक्ने अवसर दिएको छ। सन् २०१२ मा सुरु भएको यो फेस्टिभलको यो १३औँ संस्करण हो, जुन बाँसको संरचना, आदिवासी समुदायको सांगीतिक सहभागिता र स्थानीय युवालाई सशक्तिकरण गर्ने प्रयासका कारण चर्चित छ।

प्रेस सचिवले भने, सिक्किमको सहभागिताले यस वर्ष जिरोमा छुट्टै चर्चा पाएको छ। मेक इन सिक्किम ब्रान्ड, स्थानीय उत्पादन र परिकारले दर्शकलाई आकर्षित गरिरहेको छ। पर्यटक व्यवसायीहरूले नयाँ सञ्जाल बनाइरहेका छन् भने सिक्किमलाई एडभेन्चर, संस्कृति र अर्गानिक जीवनशैली को गन्तव्यका रूपमा प्रस्तुत गरिरहेका छन्।

यसअघि नागाल्याण्डको हर्नबिल फेस्टिभलमा गरिएको सहभागिता परिवर्तनकारी बनेको थियो। जिरोमा पनि त्यस्तै अवसर र प्रेरणा सिर्जना भएको देखिएको छ।

यो साझेदारी केवल उत्सवमा सहभागी हुनु मात्र होइन, सिर्जनात्मक उद्योग, पर्यटन, उद्यमशील आदान–प्रदान र सांस्कृतिक कूटनीतिको बीउ रोप्ने पहल हो। सिक्किमले स्पष्ट सन्देश दिएको छ— हाम्रो विचार, उत्पादन र संस्कृति विश्वलाई प्रेरित गर्न सक्छ।

उनके ५०औँ राज्य दिवसको अवसरमा सिक्किमले देखाएको यो कदम गौरवसँगै योगदान दिने र विश्वसँग जोडिने तयारीको प्रतीक बनेको बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande