मेघालयमा २.५ करोड रुपियाँ बराबरको हिरोइन जफत, दुई जना पक्राउ
मेघालयमा २.५ करोड रुपियाँ बराबरको हिरोइन जफत, दुई जना पक्राउ


शिलाङ, २९ सेप्टेम्बर (हि.स.)। मेघालयमा लागुऔषध तस्करीविरुद्ध ठूलो कारबाही गर्दै पुलिसले पश्चिम जयन्तिया हिल्स जिल्लामा करिब २.५ करोड रुपियाँ मूल्य बराबरको हिरोइन जफत गरेको छ र मणिपुरका दुई जनालाई पक्राउ गरेको छ।

पश्चिम जयन्तिया हिल्स जिल्ला पुलिसका अनुसार, जिल्ला पुलिस र राज्यको मादक पदार्थ नियन्त्रण कार्य बल (एएनटीएफ) को संयुक्त टोलीले गोप्य सूचनाका आधारमा हिजो राति फ्रामर मेर ट्राफिक चेकपोस्ट नजिक कारबाही गरेको हो।

जिल्ला पुलिस अधीक्षक (एसपी) गिरि प्रसादका अनुसार, खलिहरियातबाट जोवाई जाँदै गरेको सवारी साधनको कडाइका साथ जाँच गरिएको थियो। निरीक्षणका क्रममा पुलिसले हिरोइन भरिएका ५० वटा प्लास्टिक साबुनदानी बरामद गरेको छ, जसको तौल करिब ५१२.६३ ग्राम थियो।

पक्राउ परेका दुवै जना हाल पुलिस हिरासतमा रहेका छन् र तस्करीको स्रोत तथा गन्तव्य पत्ता लगाउन थप अनुसन्धान जारी छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande