बेङ्गलुरूमा भगदड़ मामिलामा तीन महिनापछि विराट कोहलीको भावुक सन्देश
विराट


बेङ्गलुरू, 03 सेप्टेम्बर (हि.स.)। स्थानीय चिन्नास्वामी स्टेडियम नजिक 04 जूनमा आईपीएलमा रोयल चेलेञ्जर्स बेङ्गलुरू (आरसीबी) टीमको जितको खुशियालीमा भएको भगदड़ घटनाको तीन महिनापछि क्रिकेटर विराट कोहलीले एक भावुक सन्देश साझा गरेका छन्।

बुधवार आरबीसीको आधिकारिक सोशल मीडिया प्लेटफार्ममा क्रिकेटर विराट कोहलीले पोस्ट गरे, 04 जून हाम्रो फ्रैञ्चाइजीको इतिहासको सबैभन्दा खुशीको क्षण हुनुपर्थ्यो तर यो एक त्रासदीमा परिणत भयो। म तिनीहरूको परिवारहरूका लागि प्रार्थना गरिरहेको छु, जसले आफ्नो ज्यान गुमाए औं र ती प्रशंसकहरूको निम्ति पनि जो घाइते भएका थिए। हामी सावधानी, सम्मान र जिम्मेवारीको साथ अगाड़ी बढ्नेछौं।

उल्लेख्य, आईपीएलमा आरसीबीको जितपछि खुशी मनाउन चिन्नास्वामी स्टेडियममा एक आयोजन गरिएको थियो। सोही अवधि स्टेडियम बाहिर भारी भीड़ एकत्र हुँदा भगदढ़ मच्चियो, जसमा 11 जनाको मृत्यु भएको थियो र 50 भन्दा अधिक घाइते भएका थिए। पुलिसले यस मामिलामा आरसीबी, केएससीए र इवेन्ट मैनेजमेन्ट कम्पनी डीएनए एन्टरटेनमेन्ट विरूद्ध मामिला दर्ता गरेको थियो। राज्य सरकारले शहरका पुलिस आयुक्त बी. दयानन्द समेत केही अधिकारीहरूलाई निलम्बित पनि गरेको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande